अमेरिकाबाट उडेको विमान मेक्सिकामा दुर्घटनाग्रस्त, सबै १३ यात्रुको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते ११:४५ मा प्रकाशित

एजेन्सी – अमेरिकाको लास भेगासबाट मेक्सिको गइरहेको एक विमान उत्तरी मेक्सिकोको दुर्गम पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परि विमानमा सवार सबै १३ यात्रीको मृत्यु भएको छ ।

सानो प्राइभेट जेट लास भेगासबाट आइतबार उडेको थियो । त्यसको भग्नावशेष कोआहुइला राज्यको ओकाम्पो नगरमा भेटिएको थियो ।

कोआहुइला सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कोही पनि जीवित भेटिएनन् ।’

स्थानीय टेलिभिजन नेटवर्क मिलेनियोले विमानका जलेका भग्नावशेषको तस्वीर प्रसारण गरेको थियो । विमानका टुक्रा डढेको जमीनमा छरिएका थिए ।

मेक्सिकोका सञ्चारमाध्यमले विमानका यात्रुहरू मेक्सिकन बक्सर साउल कनेलो आल्भारेज र अमेरिकी बक्सर डेनियल जेकब्सबीच लास भेगासमा भएको बक्सिङ हेरेर फर्किरहेका थिए ।

मारिने यात्रुहरू १९ देखि ५७ वर्षसम्मको भएको मेक्सिकन सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानडाको बम्बार्डियर इन्कले उक्त जेट च्यालेन्जर ६०१ भएको बताएको छ र विमान मोनक्लोभा शहरबाट २८० किलोमिटर पर दुर्घटनामा परेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us