
काठमाण्डु, २४ बैशाख – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३६ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १३ पैसा र बिक्रिदर १४५ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०० पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७५ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रिदर ३० रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ १५ पैसा र बिक्रिदर ३६६ रुपैयाँ १२ पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।