कञ्चनपुरमा जीप पल्टियो, तीन जना घाइते

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते ११:११ मा प्रकाशित

धनगढी, २४ बैशाख – कञ्चनपुरमा जीप दुर्घटना भएको छ ।

धनगढीबाट कञ्चनपुरको बैलौरी जाँदै गरेको युपी ३१ पि ७९७५ नम्बरको भारतीय जीप कञ्चनपुरको पुर्नवास नगरपालिका–२ मोतिबस्तीमा दुर्घटना भएको हो । दुर्घटनामा अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका सुदूरपश्चिम ब्यूरो प्रमुख शिवराज भट्टसहित ३ जना घाइते भएका छन् ।

मंगलबार बिहान विवाहमा सहभागी हुन भारतीय नम्बरको स्कार्पियो जिपमा बैलौरी जादैँ गर्दा अगाडीको चक्का पन्चर भई दुर्घटना भएको हो । दुर्घटनामा भट्टकी श्रीमती दुर्गा भट्ट र अन्य जिपमा सवार घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिपमा भट्टका छोरा, छोरीसहित ९ जना सवार भएपनि उनीहरु सकुशल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us