
काठमाण्डु, २४ वैशाख – प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् ।
राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ ।
त्यस्तै वैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने धनकुटाबासीले जनाएका छन् ।
धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगतमा पनि आन्दोलन हुदै आएको थियो । सोमबार मात्रै प्रदेश सभामार्फत प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत पारित भएको थियो ।
संविधानमा प्रदेशको राजधानी र नामाकरण गर्ने अधिकार प्रदेश सभालाई नै दिइएको छ ।