एक्जिएटामा काम गर्ने मलेसियनले नेपालमा ठग्न खोजेपछि…

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १०:२८ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – त्रिभुवन विमानस्थलबाट एक जना मलेसियन नागरिक पक्राउ परेका छन् । भिसा दस्तुर तिर्न नक्कली अमेरिकी डलर दिएको आरोपमा ४६ वर्षका रुवेन दास अरुल दास पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

उनी सोमबार राती मालिदो एयरको उडान नम्बर ओडि १८४ बाट काठमाण्डु ओर्लिएका थिए । उनी एक्जिएटा मलेसियाको हेड अफ इन्टरनल अडिट पदमा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

मलेसियाको एक्जिएटाले नेपालको एनसेलमा लगानी गरेको छ । थप अनुसन्धानका लागि उनलाई गौशाला प्रहरीमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us