
काठमाण्डु, २४ वैशाख – सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको छ ।
सरकारले गत शुक्रबार २०७६–७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो । आइतबारदेखि सुरू भएको छलफल आज टुंगिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
मंगलबार संघीय संसदका दुवै सदनमा ओलीले छुट्टाछुट्टै जवाफ दिन लागेका हुन् । नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्द प्रयोगलाई लिएर सांसदहरुले सरकारको आलोचना गरेका थिए ।
त्यस्तै नीति तथा कार्यक्रम महत्वकांक्षी भएको, कार्यान्वयन गर्न नसकिने खालको भएको भन्दै प्रतिपक्षीले आलोचन गरेको छ । प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आश्वासनमात्र रहेको टिप्पणी गरेका थिए ।
त्यस्तै राजपा नेपालले संविधान सर्वस्वीकार्य भैसकेको भन्ने उल्लेख गरिएकोमा आपत्ति जनाएको थियो । सत्तापक्षका सांसदहरूले भने नीति तथा कार्यक्रमको बचाउ गर्दै आएका छन् ।
सरकारले नीति तथा कार्यक्रम आजै पास गर्ने तयारी गरेको छ ।