सडेको अवस्थामा दुई पुरुषको शव भेटियाे

२०७६ वैशाख २४ गते १०:२४

बलेवा, २४ बैशाख – बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको...

राजकुमार ह्यारी र मेगन बने बाबुआमा

२०७६ वैशाख २४ गते १०:१६

एजेन्सी – बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उनकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैँले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका थिए । सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिएका राजकुमार ह्यारीले...

अपहरणपछि दुई वर्षीय बालकको घाँटी रेटेर हत्या

२०७६ वैशाख २४ गते १०:०६

काठमाण्डु, २४ वैशाख – धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै...

प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

२०७६ वैशाख २४ गते १०:०१

काठमाण्डु, २४ वैशाख – संघीय संसदका दुबै सदनले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रवार सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकले आज पारित गर्ने कार्यसूची बनाएका हुन् । संघीय...

अन्तराजातीय विवाह गरेका दम्पतीलाई जिउँदै जलाइयो

२०७६ वैशाख २४ गते ९:५५

महाराष्ट्र, २४ वैशाख – रुक्मिणी रणसिंघे १९ वर्षकी मात्रै थिइन् । ६ महिना पहिले उनले जुन युवकलाई माया गर्थिन्, उसैसँग विवाह गरेकी थिइन् । तर, उनको विवाहको फैसलामा उनको माइती पक्षको सहमति थिएन । रुक्मिणी र उनका पतिको जात मिल्दैनथ्यो । यो विषयको बेखुसी...

जहाँ प्रहरी नै भात खान चामल पैंचो खोज्दै गाउँ पस्छन्…

२०७६ वैशाख २४ गते ८:०९

बझाङ, २४ वैशाख– बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरुको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एक जना प्रहरी जवान खरको झुप्रोमुनी भान्सामा भात पकाउँदै थिए । कोही आलुको तरकारी काट्दै थिए । एक जना सिलौटामा मसला पिस्दै थिए ।  प्रहरीका अनुसार चम्किलो...

उपनिर्वाचनको तयारी सुरु

२०७६ वैशाख २४ गते ७:११

काठमाण्डु, २४ वैशाख– निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउन प्रारम्भिक तयारी अघि बढाएको छ । सरकारको नीति तथा कार्यक्रममा उपनिर्वाचन कार्यसूची समेटिएसँगै उपनिर्वाचनको तयारीलाई सरकारले गम्भीरताका साथ लिने अपक्षामा आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो ।  नीति तथा कार्यक्रमको...

प्रहरीका डिएसपीको गोलघरमा रहेका गुण्डा नाइकेसँग ‘कनेक्सन’ !

२०७६ वैशाख २४ गते ६:४८

काठमाण्डु, २४ वैशाख– केन्द्रीय कारागारको गोलघरमा रहेका गुण्डा नाइके ‘रमेश बाहुन’ भन्ने सुजन पौडेल र प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुङ्गेलबीच पटकपटक फोन संवाद भएको घटना सार्वजनिक भएपछि गोलघरको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको छ । संगठित अपराध (गुण्डागर्दी) मुद्दामा २०७१ सालमा पक्राउ परेका...

पार्टी एकता गरेका बाबुराम र उपेन्द्रलाई आइलाग्यो फसाद !

२०७६ वैशाख २४ गते ६:३८

काठमाण्डु, २४ वैशाख– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले एकीकरणपछि रोजेको ‘समाजवादी पार्टी’ नेपाल नाम पाउन कानूनी समस्या देखिएको छ । यो नामको राजनीतिक दल पहिले नै निर्वाचन आयोगमा दर्ता छ । एउटै नामका एकभन्दा बढी दल दर्ता नहुने कानूनी व्यवस्था छ...

उपेन्द्र यादवले नै केपी ओलीको काँग्रेसले भन्दा कडा विरोध गरेपछि…

२०७६ वैशाख २४ गते ६:२८

काठमाण्डु, २४ वैशाख– पार्टी एकता गरेर डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधनको मुद्धालाई बघि बढाएर पार्टीको प्रभाव बढाउन सरकारबाट हट्न सक्ने दुवै नेताले संकेत गरेका छन् । तराई–मधेसका असन्तुष्टलाई सम्बोधन गर्न संविधान संशोधन प्रक्रिया सरकारले तत्काल अघि नबढाए सरकारबाट बाहिरिने संकेत उनीहरुले...

कोटेश्वरमा भेटिएको शंकास्पद बस्तु बम नभएको खुलासा

२०७६ वैशाख २३ गते २०:५१

काठमाण्डु, २३ वैशाख– काठमाण्डुको कोटेश्वरचोक नजिकै झोलामा भेटिएको संकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । झोलामा शंकास्पद बस्तु भेटिएपछि बम भएको आशंकामा प्रहरीले तीनकुने–कोटेश्वर सडकमा सवारी साधन आवागमनमा रोक लगाएको थियो । करिब दुई घण्टा सवारी आवागमन रोकिँदा सवारीको लामो लाइन लागेको थियो...

भ्रष्टाचार गरेर चारवटी श्रीमती ल्याउने कर्मचारी चिन्नुस् !

२०७६ वैशाख २३ गते १९:५४

काठमाण्डु, २३ वैशाख– यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत लेखापाल सुरेश अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । करिब ६ करोड भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्धघा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । कोइरालाले ५ करोड १०...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us