
काठमाण्डु, २३ वैशाख– काठमाण्डुको कोटेश्वरचोक नजिकै झोलामा भेटिएको संकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
झोलामा शंकास्पद बस्तु भेटिएपछि बम भएको आशंकामा प्रहरीले तीनकुने–कोटेश्वर सडकमा सवारी साधन आवागमनमा रोक लगाएको थियो । करिब दुई घण्टा सवारी आवागमन रोकिँदा सवारीको लामो लाइन लागेको थियो । झोलामा शंकास्पद बस्तु भेटिएको खबर पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली उक्त स्थानमा पुगेको थियो । महानगरीय प्रहरी वृत्त बानेश्वरमा प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द काफ्लेले शंकास्पद बस्तु बम नभएको पुष्टि भएको जानकारी दिए ।