भ्रष्टाचार गरेर चारवटी श्रीमती ल्याउने कर्मचारी चिन्नुस् !

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १९:५४ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत लेखापाल सुरेश अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

करिब ६ करोड भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्धघा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । कोइरालाले ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ अवैध आम्दानी गरेको आरोप अख्तियारले लगाएको छ । २०५९ सालमा गाविस सचिवबाट सरकारी सेवामा प्रवेश गरेका अधिकारी हाल यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल थिए । जागिर अवधिमा उनले ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ वैध आम्दानी गरे पनि बाँकी सबै अवैध भेटिएको अख्तियारको भनाइ छ ।

अनुसन्धानका क्रममा अधिकारीका चार श्रीमती रहेको पनि पाइएको छ । श्रीमतीहरु दीपा श्रेष्ठ, सोममाया श्रेष्ठ, सुस्मिता अधिकारी र दुर्गा अधिकारीका नाममा अवैध सम्पत्ति जोडेको तथा बैंक खातामा रकम राखेको अख्तियारको अनुसन्धानमा भेटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us