उपनिर्वाचनको तयारी सुरु

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते ७:११ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउन प्रारम्भिक तयारी अघि बढाएको छ ।

सरकारको नीति तथा कार्यक्रममा उपनिर्वाचन कार्यसूची समेटिएसँगै उपनिर्वाचनको तयारीलाई सरकारले गम्भीरताका साथ लिने अपक्षामा आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो ।  नीति तथा कार्यक्रमको स्वीकृतिसँगै आयुक्तहरु सरकारसँग यसबारे छलफल गर्ने तयारीमा छन् । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने कार्य यसअघि चर्चामा सीमित भएको थियो । आयोगले उपनिर्वाचनको तयारीको लागि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि औपचारिक प्रक्रिया अघि बढेको थिएन ।

नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us