
काठमाण्डु, २४ वैशाख– पार्टी एकता गरेर डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधनको मुद्धालाई बघि बढाएर पार्टीको प्रभाव बढाउन सरकारबाट हट्न सक्ने दुवै नेताले संकेत गरेका छन् ।
तराई–मधेसका असन्तुष्टलाई सम्बोधन गर्न संविधान संशोधन प्रक्रिया सरकारले तत्काल अघि नबढाए सरकारबाट बाहिरिने संकेत उनीहरुले गरेका हुन् । तत्कालीन फोरम अध्यक्ष यादवको नेतृत्वको सरकारमा सहभागी छ । परिषद अध्यक्ष भट्टराईले प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनको आश्वासन दिएको जानकारीसमेत गराए । ‘आश्वासन पूरा भएन भने आवश्यक निर्णय गरेर सडकको मोर्चामा जान्छौं’, उनले भने, ‘सडक र सदन हाम्रो पहिलो र दोश्रो मोर्चा हो भने सरकार अन्तिम मोर्चा हो । सरकार भनेको भरपर्दो मोर्चा होइन ।’ मुलुकमा भविष्यमा हुन सक्ने सामरिक हस्तक्षेप हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा राष्ट्रिय एकीकरण गर्ने भूमिकामा पार्टी अघि बढ्ने भट्टराईले बताए । सरकारको काम कारबाहीप्रति पनि नेताहरुले खुलेरै आलोचना गरे ।
सत्तारुढ कम्युनिष्ट पार्टी ‘कमाउनिष्ट’ पार्टीमा रुपान्तरण भएको ब्यंग्य गर्दै नेताहरुले केपी ओली नेतृत्वको सरकार काण्डैकाण्डमा मुछिएको आरोप लगाए । बालुवाटार, खुलामञ्च, एनसेल, वाइडबडी काण्डमा अर्बौं भ्रष्टाचार भएको भन्दै उनीहरुले सरकारको चर्कोे आलोचना गरेका थिए । भट्टराईले पार्टीको ‘म्गाग्नेटिक’ सेन्टर प्रदेश–२ नै हुने बताए ।
कान्तिपुर दैनिकबाट