हामी थोत्रा माल बेच्न आएका होइनौँः बाबुराम भट्टराई

२०७६ वैशाख २३ गते १६:२५

काठमाण्डु, २३ वैशाख – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टी गठन पृथ्वीनारायण शाहपछिको राष्ट्रिय एकता भएको दाबी गरेका छन् । आज काठमाण्डुमा आयोजित पार्टी घोषणासभामा उनले एकल जातीय राष्ट्रवादविरुद्ध...

मरेको भनि अन्त्येष्टि गर्नै लाग्दा शिशुले एक्कासि सास फेरेपछि…

२०७६ वैशाख २३ गते १६:१३

चितवन, २३ बैशाख – एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट...

उपराष्ट्रपति पुन र बेलायतका राजदूत रिचार्डबीच भेटवार्ता

२०७६ वैशाख २३ गते १५:५१

काठमाण्डु, २३ बैशाख – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसले शिष्टाचार भेटवार्ता गरेका छन् । आज (सोमबार)अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग बेलायतका राजदूत मोरिसले शिष्टाचार भेटघाट गरेका हुन् । उपराष्ट्रपतिले बेलायतका राजदूत मोरिसँगको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध धेरै पूरानो...

राजपालाई उपेन्द्रले पार्टी एकतामा बाेलाए

२०७६ वैशाख २३ गते १५:४३

काठमाण्डु, २३ वैशाख – उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका कार्यसमिति अध्यक्ष उपेन्द्र यादवले अहिलेका कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी नभएर कमाउनिष्ट भएको दाबी गरेको छन् । राजधानीमा सोमबार आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र यादवले भने, ‘मैले कम्यूनिष्ट आन्दोलन लामो समयसम्म गरेँ, तर...

सरकारद्धारा गणतन्त्र दिवसमा हुने कार्यक्रम सार्वजनिक

२०७६ वैशाख २३ गते १५:४०

काठमाण्डु, २३ – सरकारले ‘गणतन्त्र दिवस–२०७६’ को कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस–२०७६ को कार्यक्रम तय गरि सार्वजनिक गरेको हो । गणतन्त्र दिवसलाई जनताको उत्सवको रुपमा मनाउने गरी सो...

यस्तो छ समाजवादी पार्टीको संघीय परिषद (नामसहित)

२०७६ वैशाख २३ गते १५:२८

काठमाण्डु, वैशाख – नवगठित समाजवादी पार्टी, नेपालमा पनि दुईजना अध्यक्ष भएका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बनेको नयाँ पार्टीमा साविक नयाँ शक्तिका संयोजक र फोरम अध्यक्ष उपेन्द्र यादव दुवै अध्यक्ष हुने सहमति भएको हो । यसअनुसार संघीय परिषद्को अध्यक्ष...

बसले ठक्‍कर दिँदा मोटरसाइकल चालककको मृत्यु

२०७६ वैशाख २३ गते १५:०७

विराटनगर, २३ बैशाख – मोरङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृ्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा बसको ठक्‍करबाट आइतबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख २१४२ नम्बरको बासले विपरित दिशातर्फ जाँदै गरेको मे...

‘ओलीको ब्याकगियर नभएको गाडी दुर्घटनामा पर्छ’

२०७६ वैशाख २३ गते १५:०१

काठमाण्डु, २३ वैशाख – नवगठित समाजवादी पार्टी नेपालका नेता तथा पूर्वमन्त्री परशुराम खापुङले केपी ओलीको ब्याकगियर नभएको गाडी दुर्घटना हुने दाबी गरेका छन् । ‘प्रमले नै भन्नुभएको छ, सरकारले चलाएको गाडी ब्याक गियर छैन । सरकार भ्रष्टाचारी, कमिसनखोरी, कालो बजारीको घेरामा छ,’ उनले भने,...

बाबुराम र उपेन्द्रबीच ९ बुँदे सहमति, के–के छन् सहमतिपत्रमा ?(पूर्णपाठसहित)

२०७६ वैशाख २३ गते १४:५२

काठमाण्डु, वैशाख – संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच सोमबार एकता घोषणा भएको छ । सोमबार काठमाण्डौमा भएको एक कार्यक्रमका बीच दुई पार्टी मिलेर ‘समाजवादी पार्टी, नेपाल’ बनेको घोषणा गरिएको हो । नयाँ दलमा पूर्व प्रधानमन्त्री तथा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक...

संगीतकार बज्राचार्यलाई मातृशोक

२०७६ वैशाख २३ गते १४:३९

काठमाण्डु, २३ बैशाख – चर्चित संगीतकार न्ह्यू बज्राचार्यलाई मातृशोक परेको छ । बज्राचार्यकी आमा कृष्णदेवीको आज निधन भएको हो । संगीतकार बज्राचार्यकी आमाको निधन भएको अर्का संगीतकार कालीप्रसाद बाँस्कोटाले पुष्टि गरेका हुन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै कृष्णदेवीप्रति ‘श्रद्धान्जली’ दिएका छन् ।...

सामन्ती चिन्तन भएकाले राष्ट्रपतिको विरोध गरेः प्रधानमन्त्री

२०७६ वैशाख २३ गते १४:३८

काठमाण्डु, वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्ती चिन्तन भएकाहरुले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने आएकोमा विरोध गरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको तर्क पनि गरे । गएको बुधबार...

बालुवाटार जग्गा प्रकरणमा दोषी भेटिए कारबाही भोग्‍न तयार छु: विष्णु पौडेल

२०७६ वैशाख २३ गते १४:३३

काठमाण्डु, वैशाख – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटार जग्गा प्रकरणमा दोषी भेटिए जस्तोसुकै कारबाही भोग्‍न पनि तयार रहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्ररुपमा छानबिन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us