काठमाण्डु, २३ वैशाख – नवगठित समाजवादी पार्टी नेपालका नेता तथा पूर्वमन्त्री परशुराम खापुङले केपी ओलीको ब्याकगियर नभएको गाडी दुर्घटना हुने दाबी गरेका छन् ।
‘प्रमले नै भन्नुभएको छ, सरकारले चलाएको गाडी ब्याक गियर छैन । सरकार भ्रष्टाचारी, कमिसनखोरी, कालो बजारीको घेरामा छ,’ उनले भने, ‘नेपाली कांग्रेसमा चरम वैचारिक सङ्कट छ । नेकपा चौबाटोमा बाटो नभेटेर दिग्भ्रमित बटुवाजस्तो भएको छ । समाजवादी पार्टी सुरक्षित घर हुनेछ जसले हुरीबतास र तमाम षड्यन्त्र छेक्छ । सुरक्षित घरको शिलान्यास भयो ।’
चार वर्षपछिको चुनावमा समाजवादीको विजयको झन्डा सगरमाथामा ठड्याउने उनले बताए ।