एसईई पूरक परीक्षा साउन २९ गतेदेखि

काठमाण्डु टुडे २०८२ असार १४ गते ६:३१ मा प्रकाशित

काठमाण्डू, १४ असार– राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई ग्रेड प्राप्त गर्न नसकेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि पूरक परीक्षा सञ्चालन हुने जनाएको छ ।

बोर्डका अनुसार पूरक परीक्षा २०८२ साल साउन २९ गते बिहीबारबाट सुरु भई भदौ ६ गते शुक्रबारसम्म सञ्चालन हुनेछ ।

परीक्षा हरेक दिन बिहान ८ बजेबाट ११ बजेसम्म हुनेछ । साउन २९ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ भने, भदौ ६ गते अन्तिम दिन प्राविधिक धारतर्फका विषयहरू सञ्चालन हुने जानकारी बोर्डले दिएको छ ।

पूरक परीक्षामा २०८१ सालको एसईई परीक्षामा सहभागी भई ग्रेड प्राप्त गर्न नसकेका वा कुनै कारणवश अनुपस्थित भएका विद्यार्थीहरू सहभागी हुन सक्नेछन् ।

परीक्षार्थीहरूले पछिल्लो एसईई परीक्षाको प्रवेशपत्र नै प्रयोग गरेर पूरक परीक्षा दिन सक्ने व्यवस्था गरिएको छ ।

परीक्षा सम्बन्धी थप जानकारीको लागि २०८२ साल असार १४ गतेको गोरखापत्रमा विस्तृत विवरण प्रकाशित हुने बोर्डले जानकारी गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us