
काठमाण्डु, वैशाख – नवगठित समाजवादी पार्टी, नेपालमा पनि दुईजना अध्यक्ष भएका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बनेको नयाँ पार्टीमा साविक नयाँ शक्तिका संयोजक र फोरम अध्यक्ष उपेन्द्र यादव दुवै अध्यक्ष हुने सहमति भएको हो ।
यसअनुसार संघीय परिषद्को अध्यक्ष भट्टराई हुनेछन् भने केन्द्रीय समितिको अध्यक्षमा यादव रहनेछन् । तेस्रो वरीयतामा अशोक राई वरिष्ठ नेताको रुपमा रहनेछन् । त्यसैगरी सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालवावु राउत, हिसिला यमी र हेमराज राई रहेका छन् ।
महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कङ्दङ्वा, रामसहाय यादव छन् । उपमहासचिवहरूमा डम्बर खतिवडा, दानबहादुर विस्वकर्मा, प्रकाश अधिकारी छन् भने सचिवहरूमा मोहम्मद इस्तियाक राई, दुर्गा शोव, परशुराम बस्नेत, प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्ष विजय यादव रहेका छन् ।