
विराटनगर, २३ बैशाख – मोरङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृ्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा बसको ठक्करबाट आइतबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख २१४२ नम्बरको बासले विपरित दिशातर्फ जाँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते झापाको मेचीनगर नगरपालिका–२ का २६ वर्षीय जीवन राईको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा राति मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।