काठमाण्डु, २६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा प्रस्थान गरेका छन् । नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री...
काठमाण्डु, २६ वैशाख – चावहिल–बौद्ध–जोरपाटी सडकखण्ड छिट्टै पिच गर्न माग गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका स्थानीय र प्रहरीबीच झडप भएको छ । बौद्धमा बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो धुलोमुक्त बनाउ भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प भएपछि खुलाउन प्रहरीले बल प्रयोग गरेको हो ।...
हेटौंडा, २६ वैशाख – प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले राजनीतिक घटनाक्रम अनुसार कानून परिवर्तन नहुँदा जनताको न्यायालयप्रति विश्वास घटेको बताएका छन् । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहीबार कानून दिवसमा गरेको कार्यक्रममा बोल्दै समयक्रमअनुसार कानून निर्माण गर्ने...
झापा, २६ वैशाख – कनकाई –प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् । एक महीनामा १० सम्म सुत्केरी गराउँदै...
बाजुराु, २६ वैशाख – नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले युवालाई समृद्धिको प्रमुख आधारशीला भएको बताएका छन् । बाल स्याहार गृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताए । हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि...
काठमाण्डु, २६ वैशाख – चावहिल–बौद्ध–जोरपाटी सडकखण्ड छिट्टै पिच गर्न माग गर्दै व्यापारी र स्थानीय बासिन्दाले अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । सडक पिच नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । उनीहरुले समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपन माग समेत गरेका छन् ।...
सुर्खेत, २६ वैशाख – सुर्खेतको बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । एक मजदूरलाई अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई बुधबार पक्राउ गरेको हो । २४ वैशाखमा करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई...
सिन्धुपाल्चोक, २६ वैशाख – सिन्धुपाल्चोकको चौँरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रका कृषकका खेतबारीको माटोको परीक्षण शुरु गरेको छ । गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा दोलालघाटमा तीनदिने माटो परीक्षण शिविर सञ्चालन गरेको हो । माटो परीक्षणको रिपोर्टअनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने...
काठमाण्डु, २६ वैशाख – त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको उडान सेवा आज आधा घण्टा ठप्प हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै आधा घण्टा सेवा प्रभावित हुने भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ...
बागलुङ, २६ वैशाख – पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले देशको शिक्षा प्रणाली बदल्नुपर्ने बताएका छन् । बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बुधबार उनले जीवनपयोगी शिक्षामा जोड दिए । वैज्ञानिक, व्यावहारिक र सीपयुक्त शिक्षा दिन नसके सक्षम जनशक्ति तयार नहुने उनको धारणा...
हेटौंडा, २६ वैशाख – प्रदेश नं ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालीम केन्द्र, स्वास्थ्य आपूर्ति...
काठमाण्डु, २६ वैशाख – प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले कानुन दिवसको अवसरमा शुभकामना दिएका छन् । आज एक सन्देश जारी गर्दै विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका हुन् । दिवसको अवसरमा प्रधानन्यायाधीश राणाले जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास...