
काठमाण्डु, २६ वैशाख – प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले कानुन दिवसको अवसरमा शुभकामना दिएका छन् । आज एक सन्देश जारी गर्दै विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका हुन् ।
दिवसको अवसरमा प्रधानन्यायाधीश राणाले जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिकाको प्रवर्द्धन र सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वास समेत लिएको छु,’ प्रधानन्यायाधीश राणाको शुभकामना सन्देशमा लेखिएको छ ।
साथै उनले कानुन दिवस २०७६ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।