चावहिल–बौद्ध–जोरपाटी सडकमा अनिश्चितकालीन आन्दोलन

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते ११:११ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख – चावहिल–बौद्ध–जोरपाटी सडकखण्ड छिट्टै पिच गर्न माग गर्दै व्यापारी र स्थानीय बासिन्दाले अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।

सडक पिच नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । उनीहरुले समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपन माग समेत गरेका छन् ।

स्थानीय बासिन्दा र व्यापारीले ‘धुलो धुवाँ धेरै भो, कालो पत्र छिटो गर’ ‘विश्व सम्पदाको संरक्षण गर’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर सडकखण्डमा प्रदर्शन गरेका छन् ।

लामो समयदेखि सडक मर्मत चावहिल–बौद्ध–जोरपाटी सडकमा हिँड्डुल गर्न समस्या छ । यो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलाम्मे हुने समस्या छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us