प्रधानमन्त्री विदेश जाँदा सबै उडान ठप्प

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख – त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको उडान सेवा आज आधा घण्टा ठप्प हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै आधा घण्टा सेवा प्रभावित हुने भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीको उडानको समय बिहान ११ बजेदेखि ११ः३० सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द हुनेछ ।

भिभिआइपी सवारीलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । प्रधानमन्त्री ओली नेपाल वायुसेवाको चार्टड विमानबाट ११ः२५ बजे ५ दिने विदेश भ्रमणका निस्कन लागेका हुन् ।

उनी भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् प्रधानमन्त्री ओली ३ दिन भियतनाम र त्यसपछिका २ दिन कम्बोडियाको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको टोलीमा करिब ४५ जना रहने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us