राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोटप्रति असन्तुष्टि

२०७९ मंसिर २२ गते १३:५८

काठमाण्डु,२२ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि भएका छन । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुको असन्तुष्टि बढ्एको छ...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्दै

२०७९ मंसिर २२ गते १३:१५

काठमाण्डु,२२ मंसिर– कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बोलाएको छ । शनिबार दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगरमा बस्ने बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै नयाँ सरकार गठनबारे छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं...

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

२०७९ मंसिर २२ गते १२:४७

काठमाण्डु,२२ मंसिर– प्रहरीले तेह्रथुमबाट १६ वर्षीय किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जानकारी दिएको छ । उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका...

चुनावमा अन्तर्घात गरेको भन्दै माओवादी केन्द्रकाका २ पोलिटब्युरो सदस्यलाई कारबाहीमा सिफारिस

२०७९ मंसिर २२ गते १२:२६

काठमाण्डु,२२ मंसिर– नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अचुतम काफ्ले र रामेश्वर राय यादवले अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस भएको छ । ४ मंसिरमा भएकोल प्रदेश र प्रतिनिधि सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई भुमिका खेलेको भन्दै माओवादी दुई नेतालाई कारबाही सिफारिस...

वर्षमान पुनको क्वारेन्टिनमा उपचार सुरु

२०७९ मंसिर २२ गते १२:०१

सेन्जेन, २२ मंसिर– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो । चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो...

एमालेले समानुपातिक सांसद छान्न बोलायो सचिवालय बैठक

२०७९ मंसिर २२ गते ११:४६

काठमाण्डु,२२ मंसिर– एमालेले सचिवालय बैठक शुक्रबार दिउँसो १ बजेका लागि बस्ने भएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।...

गुजरातमा भाजपाको एकतर्फी अग्रता

२०७९ मंसिर २२ गते ११:२८

एजेन्सी– गुजरात विधानसभा चुनावको मतगणना जारी छ। गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो। सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने हुन्छ । भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ...

एनसेलको नेटवर्क अवरुद्ध

२०७९ मंसिर २२ गते ११:१७

काठमाण्डु,२२ मंसिर– एनसेलको नेटवर्क अवरुद्ध हुन पुगेको छ । बिहान करिब ११ः २५ बजेदेखि अवरुद्ध हुन पुगेको एनसेलको नेटवर्क हालसम्म खुल्न सकेको छैन । जसले हजारौं एनसेल मोबाइल तथा इन्टरनेट सेवा प्रयोगकर्ताहरू प्रभावित हुन पुगेका छन् ।सिस्टममा समस्या आउँदा नेटवर्क केही समय डाउन हुन...

बस र ट्रक ठोक्किँदा १७ जना घाइते

२०७९ मंसिर २२ गते ११:०४

काठमाण्डु,२२ मंसिर– पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइते भएका मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ । बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र...

पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पायो

२०७९ मंसिर २२ गते १०:५०

एजेन्सी– पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ । यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना बोलुआर्ते राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले बताएको छ । यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन् । यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको...

रोनाल्डोलाई रणनीतिक अनुरुप नै बेञ्चमा राखिएको हो: प्रशिक्षक सान्तोष

२०७९ मंसिर २१ गते १८:२५

काठमाण्डु,२१ मंसिर–पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान रोनाल्डोलाई रणनीतिक अनुरुप नै बेञ्चमा राखिएको बताए । स्वीट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेञ्चमा राख्नुलाई धेरैले अनेक तरिकाले व्याख्या गरिरहँदा प्रशिक्षक सान्तोषले रोनाल्डोलाई बेञ्चमा राखेर गोन्सालो रामोसलाई खेलाउनु टिम रणनीतिको हिस्सा भएको बताएका छन । पोर्चुगलले समूह चरणमा दक्षिण कोरियासँग...

ट्रक र मोटरसाइकल ठोक्किँदा एक जना युवकको मृत्यु

२०७९ मंसिर २१ गते १७:४४

झापा,२१ मंसिर– झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–१ का २२ वर्षीय ओमप्रकाश राउत रहेका छन । कन्काई नगरपालिका–८ मा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक राउतको मृत्यु भएको हो । मृतक राउतको बिर्तामोडस्थित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us