राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोटप्रति असन्तुष्टि

काठमाण्डु टुडे २०७९ मंसिर २२ गते १३:५८ मा प्रकाशित

काठमाण्डु,२२ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि भएका छन ।

समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुको असन्तुष्टि बढ्एको छ ।

उनीहरुले बिहीबार पार्टी कार्यालयमा धर्ना समेत दिएका छन् । धर्नामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष लालविक्रम थापाले ‘प्राइमरी इलेक्सन’ बाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएकाले त्यसै अनुसार सांसदहरु चयन हुनुपर्ने बताएका छन ।

उनले भने, हामीले ‘डिजिटल डेमोक्रेसी’ भनेर जसरी आकाश थर्किने गरी बोलेका थियौं,’ ‘त्यही अनुसार हुनुप¥यो भन्दै ध्यानाकर्षण गराएका हौं ।

बिग्रियो भने त बिग्रियो त, तीन करोड नेपालीको पार्टी हो यो । रोग लाग्नुभन्दा अगाडि नै हामीले हरेक चिजको उपचार गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us