

काठमाण्डु,२२ मंसिर– प्रहरीले तेह्रथुमबाट १६ वर्षीय किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जानकारी दिएको छ ।
उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ वसन्तपुरस्थित एक होटलमा जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।
उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।