
काठमाण्डू, १४ जेठ– प्रधानमन्त्री केपी ओलीले बिहीबारबाट आन्दोेलन थाल्ने तयारीमा रहेका राजावादी समूहलाई चक्रपथभित्र प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर त्यस्तो निर्देशन दिएका हुन् । ओलीले राजावादीलाई चक्रपथबाट भित्र आउन नदिने गरी सुरक्षा प्रबन्ध गर्न भनेका छन् ।
राप्रपा, राप्रपा नेपाल तथा शिव सेनासहित हिन्दूवादी समूहहरुले जेठ १५ गतेबाट राजतन्त्र पुनस्र्थापनाका लागि पूर्वपञ्च नवराज सुवेदी नेतृत्वमा राजतन्त्र र हिन्दू राज्यको माग राखेर अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् ।
एमालेले पनि गणतन्त्रको बचाउमा युवा संघलाई प्रदर्शनमा उतार्ने घोषणा गरेको छ । दुई समूहबीच सम्भावित भिडन्तलाई मध्यनजर गर्दै सुरक्षा निकायहरुले आवश्यक सतर्कता अपनाएका छन् ।