काठमाण्डू, १९ असार– दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । दाङको राप्ती गाउँपालिका–६ माधगपुरस्थित तलाउमा सोही गाउँपालिका–६ मझेरिया बस्ने रामधनी चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको शव शुक्रबार मृत अवस्थामा फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।