
काठमाण्डु,२२ मंसिर– पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् ।
घाइते भएका मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ । बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक पूर्व पश्चिम राजमार्गअन्तर्गत आज बिहान ५ बजे ठोक्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बसमा ३० जना यात्रु थिए । अन्य यात्रुहरु सकुशल रहेको पाठकले जानकारी दिए ।