वर्षमान पुनको क्वारेन्टिनमा उपचार सुरु

काठमाण्डु टुडे २०७९ मंसिर २२ गते १२:०१ मा प्रकाशित

सेन्जेन, २२ मंसिर– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो ।

चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

पुनको पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन् । नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकामा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us