काँग्रेस सांसद् डा. सुनिल शर्माको घरमा नडसीकनै मान्छे मार्न सक्ने खतरनाक सर्प भेटियो

काठमाण्डु टुडे २०८२ जेठ १४ गते १०:१६ मा प्रकाशित

विराटनगर, १४ जेठ– काँग्रेस सांसद् डां सुनिल शर्माको विराटनगरस्थित घरमा डरलाग्दो सर्प फेला परेको छ ।

शर्माको विराटनगर महानगरपालिका–४ नोबेल अस्पताल पछाडि रहेको घरमा मंगलबार दुर्लभ प्रजातिको खतरनाक सर्प फेला परेको हो । उक्त दुर्लभ सर्प ‘मोनोस्लेड कोब्रा’ भएको प्रहरीले जनाएको छ । शर्माका परिवारका मानिसले घरभित्र सपै देखेपछि महानगरपालिकामा खबर गरेका थिए ।

महानगरपालिकाबाट आएको उद्धारकर्ताको टोलीले उद्धार गर्ने क्रममा सर्पले विष फालेको थियो । त्यस महानगर प्रहरीका हवल्दार शम्भु घिमिरे सर्पको विष लागेर घाइते भएका छन् । सर्पले टाढैबाट फालेको विष घिमिरेको अनुहारमा लागेको छ ।

उक्त सर्पले नटोके पनि विष फाल्ने संरक्षणकर्मीहरु बताउँछन् । उद्धारकर्मीले उक्त सर्पलाई जंगलमा लगेर छाडिएको शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us