एनसेलको नेटवर्क अवरुद्ध

काठमाण्डु टुडे २०७९ मंसिर २२ गते ११:१७ मा प्रकाशित

काठमाण्डु,२२ मंसिर– एनसेलको नेटवर्क अवरुद्ध हुन पुगेको छ । बिहान करिब ११ः २५ बजेदेखि अवरुद्ध हुन पुगेको एनसेलको नेटवर्क हालसम्म खुल्न सकेको छैन ।

जसले हजारौं एनसेल मोबाइल तथा इन्टरनेट सेवा प्रयोगकर्ताहरू प्रभावित हुन पुगेका छन् ।सिस्टममा समस्या आउँदा नेटवर्क केही समय डाउन हुन पुगेको एनसेल कम्पनीले बताएको छ ।

यद्यपि, जतिसक्दो छिटो नेटवर्क सुचारु गर्न प्राविधिक टोली लागिरहेको कम्पनीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us