

झापा,२१ मंसिर– झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–१ का २२ वर्षीय ओमप्रकाश राउत रहेका छन ।
कन्काई नगरपालिका–८ मा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक राउतको मृत्यु भएको हो । मृतक राउतको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जानकारी दिएका छन । दुवै सवारीसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएका छ ।