राजावादीहरुको बैठकमा भाँडभैलो, लिङदेनद्वारा बैठक बहिस्कार, कमल थापालाई बोल्न दिइएन

काठमाण्डु टुडे २०८२ जेठ २१ गते २१:२४ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– पूर्वपञ्च नवराज सुवेदी नेतृत्वमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गठित ‘संयुक्त जनआन्दोलन समिति’ मा भाँडभैलो भएको छ ।

समितिले बुधबार भएको बैठकमा विवाद भएको हो । राजतन्त्र र हिन्दू राज्य स्थापनाका लागि भन्दै हालसम्म भएको आन्दोलनको समीक्षा र भावी आन्दोलनको प्रारुप तयार गर्न सुवेदीको अध्यक्षतामा समितिको ‘समीक्षा बैठक’ बसेको थियो ।

बैठकका सहभागीहरुबीच विवादपछि होहल्ला भएपछि बैठक स्थगन भएको छ । आन्दोलनका नयाँ कार्यक्रम ल्याउन बैठक बसेको बताइएको थियो ।

तर, विवादपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएन । सुवेदीले छिट्टै नयाँ आन्दोलनका कार्यक्रम ल्याउने बताएर बैठक सकिएको घोषणा गरे । सुवेदी नेतृत्वको समितिले गत १५ जेठदेखि निरन्तर राजधानी केन्द्रित प्रदर्शन गर्दै आएको छ ।

उक्त आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित विभिन्न राजावादी समूह र हिन्दू धार्मिक संगठनहरुको सहभागिता रहँदै आएको छ

। तर, बुधबारको समीक्षा बैठकमा समिति सदस्यसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी भएनन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न नै दिइएन । थापा बोल्न खोज्दा बैठकमा हो–हल्ला भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us