जग्गाको कित्ताकाट खोल्ने निर्णय सचयाइयोस्: सरस्वती सुब्बा

२०८० वैशाख ६ गते १४:११

काठमाण्डु, ६ वैशाख– प्रमुख प्रतिपक्ष दल एमालेकी सांसद सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय सुन्दा दुख लागेको बताएकी छन । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेकी छन । उनले...

केपी ओलीको प्रश्न– संवैधानिक परिषदमा मात्रै विपक्षी दलको नेता चाहिने हो ?

२०८० वैशाख ६ गते १३:३८

काठमाण्डु, ६ वैशाख– प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति गठनलाई समेत प्राथमिकता राख्नुपर्ने अडान राखेपछि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । उनले संसदीय समितिहरु गठन नभएसम्म प्रधानन्यायाधीश सिफारिस गर्नु कुनै...

बाघको आक्रमणबाट २ जना घाइते

२०८० वैशाख ६ गते १३:२६

 हेटौंडा  , ६ वैशाख– बाघको आक्रमणबाट हेटौंडा २ जना व्यक्ति घाइते भएका छन् । धाइते हुनेमा हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने ६५ वर्षका कृष्ण बर्थिङ रहेका छन । आज (बुधबार) बिहानको समयमा हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा...

नुहाउने क्रममा खोलामा डुबेर एक किशोरको मृत्यु

२०८० वैशाख ६ गते १३:१४

काठमाण्डु, ६ वैशाख– नुहाउने क्रममा खोलामा डुबेर कैलालीमा एक किशोरको मृत्यु भएको छ । मूत्यु हुनेमा कैलारी गाउँपालिका– २ रामपुरका १६ वर्षीय अभिषेक ठकुल्ला रहेका छन । ठकुल्ला को स्थानीय कटनी खोलामा डुबेर मंगलबार मृत्यु भएको प्र्रहरीले जनाएको छ । कटनी खोलाको गुग्री बाँधमा...

पाल्पाको जंगलमा एक पुरुष मृत फेला

२०८० वैशाख ६ गते १२:३९

काठमाण्डु, ६ वैशाख– पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित भैरव सामुदायिक वनमा एक व्यक्ति मृत भेटिएका छन । रिब्दीकोट गाउँपालिका– ४ ढकाल टोल बस्ने ६३ वर्षका राजकुमार घिमिरे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । मंगलबार दिउँसो दुई बजेदेखि घरबाट बाहिर निस्केका घिमिरे...

गुल्मीमा सडेको अवस्थामा शव फेला

२०८० वैशाख ६ गते १२:३४

गुल्मी,६ वैशाख–गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव भेटीएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले...

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

२०८० वैशाख ६ गते १२:२६

काठमाण्डु, ६ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि हिजो मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको विमानमार्फत् पौडेललाई भारत लगिएको हो। पौडेल लाई...

बारा–२ मा एमालेको जित सुनिश्चित छ: पौडेल

२०८० वैशाख ६ गते ११:२७

काठमाण्डु,६ वैशाख– एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा– २ मा आफ्नो जित निश्चित हुने बताएका छन । उनले जनताले विकास हेर्न चाहेका कारण वैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन । चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले बुधवार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो...

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान

२०८० वैशाख ६ गते ११:१६

काठमाण्डु,६ वैशाख– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन् । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बुधबार बिहान उनी रुस प्रस्थान गरेका छन । प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा...

आदिवासी जनजातीका समस्या समाधानमा सरकार क्रियाशील रहेको छ: मन्त्री मोदी

२०८० वैशाख ६ गते ११:१२

काठमाण्डु,६ वैशाख– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आदिवासी जनजातीका समस्या समाधान गर्न र उनीहरुलाई हक अधिकार दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन । संयुक्त राष्ट्र संघको स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले समावेशी समानुपातिक प्रतिनिधित्वका...

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन

२०८० वैशाख ६ गते ११:०२

काठमाण्डु,६ वैशाख– प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज बुधबार बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ । प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन । कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले...

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न परिषद् बैठक जारी

२०८० वैशाख ६ गते ९:३१

काठमाण्डु, ६ वैशाख– प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषदको बैठक बसेको छ । परिषद् अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक डाकेका हुन् । दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति जुटाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us