गुल्मीमा सडेको अवस्थामा शव फेला

काठमाण्डु टुडे २०८० वैशाख ६ गते १२:३४ मा प्रकाशित

गुल्मी,६ वैशाख–गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव भेटीएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन ।

घटनास्थल लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पहिचानको लागि शव गुल्मी अस्पतालमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

आफन्त वा नातेदार कोही हराएको छ भने शवको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us