बारा–२ मा एमालेको जित सुनिश्चित छ: पौडेल

काठमाण्डु टुडे २०८० वैशाख ६ गते ११:२७ मा प्रकाशित

काठमाण्डु,६ वैशाख– एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा– २ मा आफ्नो जित निश्चित हुने बताएका छन । उनले जनताले विकास हेर्न चाहेका कारण वैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन ।

चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले बुधवार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन । उनले एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको बताएका छन ।

उनले एमालेले नेतृत्व गर्न नपाएका कारण बारा–२ विकासमा पछि परेको बताएका छन । नेता पौडेलले विकासको एजेन्डा बोकेर एमाले मतदातामाझ पुगिरहेको र मतदाता पनि एमालेलाई मत हाल्नका लागि उत्साहित भएको बताएका छन ।

उनले भने, ‘देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्ने जनताले बुझेका छन्’ उम्मेदवार पौडेलले भने, ‘जनताले अब जातीय नारा बोकेर आउनेलाई होइन, विकासको एजेन्डा बोकेर आउनेलाई मत दिन्छन् ।’

उनले एमालेले यतिबेला जनता आवश्यकतासँग जोडिएको विकासलाई प्राथमिकतामा राखेको बताएका छन । उनले सत्ता र स्वार्थका लागि मतदाताको भावनासँग खेल्नेहरूलाई जनताले अब बुझिसकेको भन्दै उम्मेदवार पौडेलले बारा २ को मुहार फेर्नका लागि पनि एमालेको आवश्यकता भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us