राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

काठमाण्डु टुडे २०८० वैशाख ६ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि हिजो मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लगिएको छ ।

श्री एयरलाइन्सको विमानमार्फत् पौडेललाई भारत लगिएको हो। पौडेल लाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद विमानस्थल पुगेका थिए ।

लामो समय औषधि सेवन गर्दा पनि छातीको समस्यामा सुधार नदेखिएपछि चिकित्सकहरुले थप परीक्षण र उपचारका लागि भारत लैजान सुझाव दिएका हुन्।राष्ट्रपति पौडेलको चिकित्सकको टोली र परिवारका सदस्य पनि सँगै गएका छन् ।

राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् । राष्ट्रपति पौडेलको उपचार अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने छ।

सोमबारमात्रै फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका पौडेल फेरि छातीमा समस्या देखिएपछि मंगलबार शिक्षण अस्पतालमा भर्ना भएका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us