
काठमाण्डु, ६ वैशाख– नुहाउने क्रममा खोलामा डुबेर कैलालीमा एक किशोरको मृत्यु भएको छ । मूत्यु हुनेमा कैलारी गाउँपालिका– २ रामपुरका १६ वर्षीय अभिषेक ठकुल्ला रहेका छन ।
ठकुल्ला को स्थानीय कटनी खोलामा डुबेर मंगलबार मृत्यु भएको प्र्रहरीले जनाएको छ । कटनी खोलाको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर ठकुल्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिएका छन ।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।