
काठमाण्डु, ६ वैशाख– प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषदको बैठक बसेको छ ।
परिषद् अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक डाकेका हुन् । दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति जुटाएको थियो ।
कानून व्यवसायीले तत्काल प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सरकार र प्रमुख राजनीतिक दलका नेतालाई दबाब दिँदै आएका छन् । परिषदले सिफारिस नगरे हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीशमै घर जाने सम्भावना छ ।