जाजरकोटमा एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलियो

२०७९ फागुन १७ गते १३:४०

काठमाण्डु,१७ फागुन– जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ । फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिएका छन । ती कर्मचारीको साथमा...

सबै मतदातालाई पौडेलले पठाए पत्र

२०७९ फागुन १७ गते १३:२७

काठमाण्डु,१७ फागुन– राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाताहरू रहेका छन् । पौडेलले ‘संविधानको सीमाभित्र रहेर...

एमालेले प्रदेश १ को नाम कोसी राख्न दर्ता गरायो प्रस्ताव

२०७९ फागुन १७ गते १३:१७

काठमाण्डु,१७ फागुन– एमालेले प्रदेश १ को नाम कोसी राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ । आज (बुधबार) एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका छन । उनको प्रस्तावको समर्थकमा भूमिप्रसाद राजवंशी, निरन राईलगायत रहेका छन । प्रदेशसभा...

सन्दीपलाई आजै यूएई पठाउने क्यानको तयारी

२०७९ फागुन १७ गते १२:३४

काठमाण्डु,१७ फागुन– नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि पठाउने भएको छ । यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव...

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो

२०७९ फागुन १७ गते १२:२६

काठमाण्डु,१७ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको बताएका छन । उनले भने, ‘गोलाकार हटाएर चुनाव चिह्न...

रास्वपाले तोक्यो ७ वटै प्रदेशका सभापति

२०७९ फागुन १७ गते १२:१२

काठमाण्डु,१७ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ। प्रदेश १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ। समिति गठनसँगै जम्मेवारी पनि तोकेको हो । यसैगरी, गण्डकी प्रदेशको सभापतिमा राजन...

प्रतिनिधि सभा बैठक ५ चैत सम्मका लागि स्थगित

२०७९ फागुन १७ गते ११:२६

काठमाण्डु,१७ फागुन– प्रतिनिधि सभाको बैठक ५ चैत सम्ममा लागि सारिएको छ। बुधबार दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठक एकैपल्ट ५ चैत मा बस्ने भएको हो । विशेष कारणले बैठक सारिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । यही बीचमा राष्ट्रपतिको निर्वाचन रहेको छ...

प्रदेश १ को नाम ‘कोसी’ राख्न कांग्रेस–एमाले सहमत

२०७९ फागुन १७ गते ११:१७

काठमाण्डु,१७ फागुन– प्रदेश १ को नाम ‘कोसी’ राख्न एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन । यी दुई ठूला दलको पक्षमा राप्रपा रहेको छ । नेकपा माओवादी केन्द्र,...

ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु

२०७९ फागुन १७ गते ११:०५

 एजेन्सी– उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । मंगलबार साँझ लारिसा सहर नजिक भएको दुर्घटनापछि रेलमा आगलागी भएको थियो । यस्तै दुर्घटनामा दर्जनौँ यात्रुहरु घाइते भएका छन् । उद्धारकर्ताहरू यतिबेला रेलमा लागेको आगो नियन्त्रण गर्ने प्रयासमा रहेको...

राष्ट्रपति भण्डारी भोलि दोलखा आउने

२०७९ फागुन १७ गते १०:३६

काठमाण्डु,१७ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारी भोलि दोलखा आउने तयारीमा रहेकी छन । बिहीबार ग्रामीण विकास टुकी सङ्घ दोलखा र सिन्धुपाल्चोकको आयोजनामा सदरमुकाम चरिकोट स्थित सिमपानी सभा हलमा गर्न लागेको टुकी प्रदर्शनी कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी दोलखा आउने भएकी छन । प्रदर्शनीमा संस्थाले उत्पादन...

राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारले चार लाख खर्च गर्न पाउने

२०७९ फागुन १७ गते ८:३४

काठमाण्डु, १७ फागुन– राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले बुधबार सूचना जारी गरी आचारसंहिता लागू भएको जनाएको हो । राष्ट्रपतिका लागि २५ फागुन र उपराष्ट्रपतिका लागि ३ चैतमा चुनाव हुँदैछ । राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले...

काँग्रेसको ढोक्सामा माछा परिसक्यो, प्रचण्डको सरकार ढल्न दिन्नौंः निधि

२०७९ फागुन १७ गते ८:१४

जनकपुर, १७ फागुन– कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार नढल्ने बताएका छन् । उनले काँग्रेसले विश्वासको मत दिएर सरकारलाई निरन्तरता दिने बताए । गत २६ पुसमै प्रधानमन्त्रीलाई आफूहरुले विश्वासको मत दिइसकेको र यसपटक पनि सरकार अल्पमतमा पर्न नदिने उनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us