बारा–२ मा उपेन्द्र यादवको विजय सुनिश्चित छः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० वैशाख ७ गते १६:२० मा प्रकाशित

काठमाण्डु,७ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारा–२ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको विजय सुनिश्चत रहेको बताएका छन ।

प्रचण्डले यादव सङ्घीयताका लागि लडेको व्यक्ति भएको उल्लेख गर्दै उनले जित्नुपर्ने बताएका छन । आज बिहीबार बारा २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकाच हुन ।

प्रचण्डले यादवले चुनाव जित्नु भनेको सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका लागि लड्ने शक्तिले जित्नु भएको बताएका छन । उनले भने, ‘पटक पटक संसद विघटन गर्ने शक्तिविरुद्ध लड्नका लागि गठन भएको गठबन्धनलाई अझै बलियो बनाउनुपर्छ ।’

गठबन्धनलाई बलियो बनाउन नै यादवलाई बारामा चुनाव लड्न पठाएको उनले बताएका छन । उनले निजगढ विमानस्थल बनाइछाड्ने पनि बताएका छन ।

उनले गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनस्थलका रूपमा विकास गर्न लागिपर्ने पनि बताएका छन । यस्तै उनले नागरिकता विधेयक संसदबाट पारित गराएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाए पनि प्रमाणीकरण हुन नसकेको बताउँदै अहिलेको राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us