केपी ओलीमाथि बालेनको कटाक्षः भ्रष्टाचारीका नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ?

काठमाण्डु टुडे २०८२ जेठ ५ गते २२:२६ मा प्रकाशित

काठमाण्डू, ५ जेठ – काठमाण्डूका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री केपी ओलीप्रति तीव्र आक्रोश पोखेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै साहले राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा सबै पार्टी लागेर भ्रष्टाचारी जोगाउँछु भनेको आरोप लगाएका छन् ।

साहले ओलीलाई भ्रष्टाचारीको नाइकेको संज्ञा दिँदै उनको कार्यक्रमा आफू सहभागी हुन नसक्ने बताए ।

सोमबार ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफू संयोजक रहेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठक डाकेका थिए । समिति सदस्य रहेका मेयर साह अनुपस्थित रहे ।

सोही झोकमा ओलीले कमिटीको महत्व नबुझ्ने र पटकपटक अनुपस्थित हुने रहेको भन्दै बालेनलाई सदस्यबाट हटाउन र अबदेखि नबोलाउन सम्वद्ध अधिकारीहरुलाई निर्देशन दिएका थिए । साहले साँझ त्यसकै जवाफ दिएका हुन् ।

‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सबै पार्टी लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ  त्यसको नाइकेको कार्यक्रममा म गैदिनुपर्ने ? सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्ट सिस्टम ‘, बालेनले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us