प्रधानमन्त्री ओली अस्वस्थ !

काठमाण्डु टुडे २०८२ जेठ ५ गते २२:०६ मा प्रकाशित

काठमाण्डू, ५ जेठ- प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।

ओलीको सचिवालयले उनलाई रुघाखोकी लागेको जानकारी दिएको छ ।

ओलीको स्वास्थ्यमा समस्या आएकै कारण सोमबारको मन्त्रिपरिषद् बैठक स्थगन भएको दाबी सचिवालयको छ ।
मन्त्रिपरिषदले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्ने भनिएको थियो । तर, मन्त्रिपषिद् बैठक बस्ने भनिएको समयअघि गभर्नर सिफारिस समितिको बैठक बस्न सकेन ।

काँग्रेस र एमालेबीच गभर्नरमा रस्साकस्सी चल्दै आएको छ । महाप्रसाद अधिकारीको गभर्नरको कार्यकाल सकिएकै दुई महिना हुन लागिसक्यो । राष्ट्रबैंक ऐनअनुसार उनको कार्यकाल एक महिना बाँकी छँदै गभर्नर नियुक्त भइसक्नुपथ्र्यो । काँग्रेसले सुरुमा राष्ट्रबैंककै कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नरमा अघि सारेको थियो ।

पार्टीले गभर्नरमा अघि सारेपछि भट्टले राजीनामा दिए । आफूभन्दा जुनियरलाई गभर्नर बनाउन खेजिएको भन्दै निमित्त गभर्नर निलमले ढुंगानाले भट्टको राजीनामा स्वीकृत गर्न इन्कार गरिन् । त्यसपछि काँग्रेसले अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम अघि सारेको छ ।

गभर्नर सिफारिस समिति सदस्य रहेको पौडेलले समितिबाट राजीनामा दिइसकेका छन् । तर, लामो समयसम्म सरकार अनिर्णित हुँदा राष्ट्रबैंकले नयाँ गभर्नर पाउन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us