
काठमाण्डु,७ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
१ हजार ६४५ नमूनामध्य४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २६ जना, आईसीयूमा ८ र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।
यस्तै कोरोना संक्रमणबाट आज मात्र ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जानकारी दिएको छ ।