
काठमाण्डू, २३ जेठ– नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी र नेतृत्वमाथि आक्रमण हुँदा पार्टी कार्यकर्तालाई मौन नबस्न आग्रह गरेका छन ।
आज (शुक्रबार) एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै गौतमले यस्तो बताएका हुन । उनले पार्टी र नेतृत्व माथि चौतर्फी आक्रमण हुँदा पनि एमालेका नेताहरूले नै आफ्नो धारणा सार्वजनिक नगर्नु दुर्भाग्य भएको पनि बताएका छन ।
प्रचार विभाग प्रमुख गौतमले भने, ‘पार्टी माथि गलत आरोप लगाएर आक्रमण गर्दा पनि हामी धेरै नेता नै मौन बसेका छौँ ।’ उनले एमाले सरकारमा रहँदा गरेका धेरै कामका फेहरिस्त सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत जनताको बिचमा पुर्याउनुपर्नेमा जोड दिँदै पार्टी प्रचारको काम सबैभन्दा महत्वको काम भएको पनि बताएका छन ।
उनले भने, ‘०८४ को निर्वाचनमा डिजिटल वार हुन्छ, यसको तयारी गरिएन भने हामी पाखा लाग्ने अवस्था आउँछ ।’