म राजनीतिमा सक्रिय छुः पूर्व राष्ट्रपति भण्डारी

काठमाण्डु टुडे २०८२ जेठ २३ गते १७:४२ मा प्रकाशित

काठमाण्डू, २३ जेठ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा सक्रिय रहेको बताएकी छन । आज (शुक्रबार) देखि विराटनगरमा सुरु भएको उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनीतिमा आइसकेपछि उनको राजनीतिक भविष्यको बारेमा सोधिएको प्रश्नमा भण्डारीले भनिन्, ‘म अहिले पनि सक्रिय राजनीतिमा छु’ । एमालेको अध्यक्ष बन्ने विषयमा भने समय आएपछि जवाफ दिने बताइन् ।

राष्ट्रिय भेलामा बोल्दै भण्डारीले गठबन्धनका नाममा राजनीतिक दलहरूले महिलाहरूको प्रतिनिधित्व घटाएको गुनासो समेत गरेकी छन । उनले महिलाको प्रतिनिधित्व घट्ने विषयमा दलहरूले गम्भीर ध्यान दिनुपर्ने सुझाव समेत दिएकी छन ।

पूर्व राष्ट्रपति भण्डारीले राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूको ध्यान सुशासन र विकासतर्फ जानुपर्ने पनि बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us