
काठमाण्डु,७ वैशाख– एमाले महासचिव शंकर पोखरेलले आफू र पार्टी उपाध्यक्ष विष्णु पौडेलबीच कुनै पनि किसिमको मतभेद नभएको बताएक छन ।
एकालले चलाएको मिसन ग्रासरुट अभियानको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा पोखरेलले हरेक विषयमा पौडेलसँग सल्लाह र छलफल गरेर टुंगोमा पुग्ने गरेको बताएका छन ।
उनले भने, ‘विष्णुप्रसाद पौडेल र मैले सल्लाह गरेर, निर्णय गर्नुअघि कैयौंपटक अनौपचारिक समेत छलफल गरेर टुंगोमा पुग्ने गरेका छौं’, ‘हामीबीच आपसमा कुनै मतभेद छैन तर, कतिपयले तानातान छ भनेर हल्ला गरिदिन्छन् ।’
उनले जनताको सरोकारका विषयमा पार्टी र नेताहरुको ध्यान नजाने हो भने जनततासँगको सम्बन्ध टुट्ने बताएका छन । उनले भने, ‘जनताका विषयका हामीले मुद्दा बनाउन नसक्दा समाजलाई भड्काउनेहरु अगाडि आउँछन्’ ‘यदि बलिया र पुराना शक्तिले जनसरोकारका मुद्दा बोक्न सकेनौं भने कमजोर हुनेछौं,जनसरोकारका विषय पहिचान गरी पार्र्टीलाई परिचालन गर्नुपर्छ ।’
उनले आफूले टिकट नपाए पार्टीले उठाएको उम्मेदवारलाई हराउन लाग्ने कामका कारण पार्टी कमजोर भएको भन्दै यस्ता प्रवृत्तिलाई निमिट्यान्न पार्नुपर्ने बताएका छन ।
उनले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउन जनमत बृद्वि गर्ने गरी जनतामाझ पुग्न नेता कार्यकर्तालाई निर्देशन दिँदै चुनावमा जित्ने मात्र नभई जनताका बिचमा भिजेका, परिवर्तनमा योगदान दिएका र राजनीति बुझेको मान्छे खोज्नुपर्ने बताएका छन ।