२३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए काठमाण्डुको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाण्डु टुडे २०८० वैशाख ७ गते १४:४१ मा प्रकाशित

काठमाण्डु,७ वैशाख– नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर राक्ने चेतावनी दिएका छन् ।

उनीहरुले सहमति कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम समेत दिएका छन । ५ वैशाखमा बसेको दुई पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको ककनी गाउँपालिका अध्यक्ष सुमन लामाले जानकारी दिएका छन ।

वर्गीकरण गरेर मात्रै फोहोर व्यवस्थापन गर्नु पर्ने, फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने, रातिको लागि आवश्यक बत्ती तथा सडकको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका विषयमा गत २३ जेठ, २०७९ मा शहरी विकास मन्त्रालय, काठमाण्डु महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिका तथा गत २६ जेठमा नै काठमाण्डु महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच सम्झौता भएको थियो ।

वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोलि गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुँदे माग उनीहरुले अघि सारेका छन् ।

दुवै पालिकाका अति प्रभावित, बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किमि जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया तुरुन्त अगाडि बढाउनु पर्ने माग राखेका छन ।

फोहोरमैला व्यवस्थापन गर्ने क्रममा सिसडोल र बञ्चरेडाँडामा भएको ईआईएको प्रतिवेदन रिपोर्ट जानकारी गराउनुपर्ने माग दुवै पालिकाको रहेको छ ।

दुवै स्थानीय तहका वडाहरुमा वार्षिक १० करोड बजेट विनियोजन गर्नु पर्ने, फोहोर रोक्ने आन्दोलन गर्दा पक्राउ पुर्जी जारी भएकाहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग संयुक्त विज्ञप्ति जारी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us