
काठमाण्डु,७ वैशाख– एमाले सचिव योगेश भट्टराईले निर्वाचनअघि गठबन्धन गर्ने को संस्कृतिको अन्त्य हुनुपर्ने बताएका छन । आज बििहीबार प्रेस चौतारी तनहँले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले नेपालको राजनीतिमा गठबन्धनको संस्कृति उपयुक्त नभएको बताएका छन । उनले भने,‘यो गठबन्धनको संस्कृतिले झन् ठूलो अन्योल पैदा गरेको छ, यसले सरकार बनाउन सकेको छैन, स्थायी हुन सकेको छैन ।
जनतामा कुनै आशा भरोसा यसले पैदा गर्न सकेको छैन’ ‘चुनावको बेला गर्ने गठबन्धनको अन्त्य गर्नुपर्छ, यो निर्वाचनले गठबन्धनको अन्त्य गर्नुपर्छ । जुनको पार्टीको क्षमता दक्षता छ, त्यो पार्टी अगाडि आउनुपर्छ ।’
उनले उपनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जाने बताएका छन । ‘घन्टी पनि सरकारमै सामेल छ, चुनावको समयमा बाहिर बसेको जस्तो गरेका छन्, तर चुनावपछि यिनी पनि सरकारमा जानेछन्’ उनले भने ।