परराष्ट्रमन्त्री साउद र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाण्डु टुडे २०८० वैशाख ७ गते १५:२४ मा प्रकाशित

काठमाण्डु,७ वैशाख– परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

आज बिहीबार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले मन्त्री साउदसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन तथा आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us