प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७९ फागुन ३० गते १२:२७

काठमााण्डु,३० फागुन– नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । आज (मंगलबार) मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा लगानी बढाउन...

माओवादी घटकहरुको अन्तरक्रिया स्थगित

२०७९ फागुन ३० गते १२:१७

काठमााण्डु,३० फागुन– माओवादी घटकहरुले आज मंगलबार गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । कार्यक्रम स्थगित हुनुको कारण भने खुलाइएको छैन ।...

‘छक्का पञ्जा ४’ को सहकारी संवाद हटाउन माग गर्दै विकास बोर्डमा उजुरी

२०७९ फागुन ३० गते ११:२१

 काठमााण्डु,३० फागुन– ‘छक्का पञ्जा ४’ दुई साता अगाडिबाट सार्वजनिक प्रदर्शन आएको फिल्म हो । फिल्मले घरेलु बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ । स्वदेशमा मात्र होइन विदेशका पनि थुप्रै देशबाट प्रदर्शनमा आएको फिल्ममा रहेको सहकारी सम्बन्धी एउटा संवाद हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासङ्घले...

डाक्टरलाई बलात्कार गरेको आरोपमा भारतमा एक नर्स पक्राउ

२०७९ फागुन ३० गते ११:१२

एजेन्सी– भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीय पुरुष नर्स निशम बाबु रहेका छन । बलात्कारपछि महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा लाई पक्राउ गरिएको हो । भारतीय...

वीर अस्पतालले पाँच स्टाफ नर्सलाई सेवाबाट हटायो

२०७९ फागुन ३० गते १०:४१

काठमाण्डु,३० फागुन– वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पुर्‍याएर सेवाबाट हटाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले जानकारी दिएको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति...

ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

२०७९ फागुन ३० गते १०:३३

काठमाण्डु,३० फागुन– कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ । मूत्यु हुनेमा तनबिर अन्सारीका १८ महिने छोरा हरिश रहेका छन । सोमबार साँझ जिल्लाको टीकापुर नगरपालिका–१ को ब्लक नम्बर ७ मा सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले ठक्कर हरिशको मृत्यु भएको...

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री

२०७९ फागुन २९ गते १८:३४

काठमाण्डु,२९ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेका छन । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारीमा रहेका छन । माओवादी केन्द्रका मन्त्रीले भने, ‘हामीले तत्काल उपराष्ट्रपतिको चुनाव गर्छौ...

बिहे गरेर इंगल्याण्ड लैजान्छु भन्दै अनलाइनबाट १५ लाख ठगी

२०७९ फागुन २९ गते १८:३०

काठमाण्डु,२९ फागुन– प्रहरीले अअनलाइन माध्यमबाट ठगी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कि ३६ वर्षकी अञ्जली विसुंखे रहेकी छन । उनले सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंगल्याण्डको नागरिक फ्र्यांकलिन पाउल रहेको र श्रीमतीको...

प्रधानमन्त्री कप फुटबल ८ चैत देखि १७ गतेसम्म हुने

२०७९ फागुन २९ गते १७:२३

काठमाण्डु,२९ फागुन– प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता ८ चैत देखि १७ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आाज सोमबार पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिएको हो । जानकारी अनुसार प्रतियोगितामा नेपालसहित, भुटान र लावस सम्मिलित हुने भएका छन । दशरथ...

संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहलाई पनि संलग्न गराउनुपर्छ: पौडेल

२०७९ फागुन २९ गते १७:१४

काठमाण्डु,२९ फागुन– काँग्रेस नेता एवं सांसद प्रदीप पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहलाई पनि संलग्न गराउनुपर्ने बताएका छन । आज (सोमवार) नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले संघीय तहमा...

उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्ने देउवाको प्रतिबद्धता

२०७९ फागुन २९ गते १७:०७

काठमाण्डु,२९ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आज (सोमबार) उपराष्ट्रपतिका उम्मेदवार यादव मत माग्नका लागि भेट्न गएको बेला सभापति देउवाले सो प्रतिबद्धता व्यक्त गरेका हुन । सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका साझा...

एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ: रिजाल

२०७९ फागुन २९ गते १६:३९

काठमाण्डु,२९ फागुन– कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रमेश रिजालले कांग्रेस अबको एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन । आज (सोमबार) वीरगञ्जका सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । सांसद रिजालले ५ चैत वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारीमा रहेको बताएका छन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us