ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन ३० गते १०:३३ मा प्रकाशित

काठमाण्डु,३० फागुन– कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ । मूत्यु हुनेमा तनबिर अन्सारीका १८ महिने छोरा हरिश रहेका छन ।

सोमबार साँझ जिल्लाको टीकापुर नगरपालिका–१ को ब्लक नम्बर ७ मा सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले ठक्कर हरिशको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक टीकापुर नगरपालिका–२ बस्ने ४५ वर्षीय पर्शुराम चौधरीले स्थानीय अलीआस अन्सारीको घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । चालक र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us